कांग्रेसले दिएको सन्देश: हल्लाको पछि नलाग्नू, ओली सरकार ढल्दैन
काठमाडौँ: नेपाली कांग्रेसले वर्तमान सत्ता समिकरण पाँच वर्ष टिक्ने सन्देश दिएको छ । नेपाली कांग्रेसका महामन्त्री गगन थापाले गठबन्धन भत्किने र नेपाली कांग्रेसको नेतृत्वमा सरकार बन्ने भ्रम फैलाइएको भन्दै त्यस्तो भ्रममा नपर्न आग्रह गर्नुभएको हो ।
काठमाडौँमा आयोजना गरिएको अभिमुखीकरण कार्यक्रममा बोल्दै शुक्रबार थापाले कांग्रस-एमालेबीच भएको सहमति पाँचै वर्ष कार्यान्वयन भएर अगाडि बढ्ने सन्देश दिनुभएको छ । थापाले वर्तमान गठबन्धन भत्काउने धराप नथाप्न चेतावनीसमेत दिनुभयो ।
माओवादी केन्द्रका पुष्पकमल दाहालले केही दिनदिने सरकार नटिक्ने दाबी गरिरहनुभएको छ । यही सन्दर्भमा महामन्त्री थापाले कांग्रेसका नेताहरूलाई भेटेर गठबन्धन भत्काउने काममा चकचक नगर्न चेतावनी दिनुभयो ।
कांग्रेस महामन्त्री थापाले भन्नुभएको छ- ‘यो पटक हामी पनि संलग्न छौं। नेपाली कांग्रेसको तर्फबाट महामन्त्रीको हैसियतबाट पनि यो कुरा भन्छु- नेपाली कांग्रेस पार्टीसँग अब कोही चकचक गर्न नआए हुन्छ। कोही चल्न नआए हुन्छ। पाँच वर्ष यो कहीँ कतै जान्न।’