नेप्से २५ सयको स्तरमा झर्‍यो : ६ अर्ब ६५ करोडको कारोबार

काठमाडौं : नेपाल स्टक एक्सचेञ्ज (नेप्से) आज सोमबार दोहोरो अंकले घट्दै २५०० को स्तरमा झरेको छ। आज नेप्से १५.५४ अंक घटेर २५९४.१३ विन्दुमा बन्द भएको हो।

आजको कारोबारमा ६ अर्ब ६५ करोड ८ लाख रुपैयाँ बराबरको कारोबार भएको छ। यसमा ६३ कम्पनीको शेयरमूल्य बढेको भने १७५ कम्पनीको शेयरमूल्य घटेको छ। साथै ५ कम्पनीका शेयरमूल्य स्थिर रहेका छन्।

नेप्सेका अनुसार एक कम्पनीको शेयरमूल्यमा सकारात्मक सर्किट लागेको छ भने दुई कम्पनीको शेयरमूल्यमा नकारात्मक सर्किट लागेको छ। सकारात्मक सर्किट लाग्ने कम्पनी बाराही हाइड्रोपावर पब्लिक लिमिटेड रहेको छ । आत्मनिर्भर लघुवित्त वित्तीय संस्था र सिन्धु विकास बैंकका शेयरमूल्यमा नकारात्मक सर्किट लागेको छ।

कारोबारका दृष्टिले सबैभन्दा बढी कारोबार एनआरएन इन्फाइन्ट्रक्चर एण्ड डेभलपमेन्ट कम्पनीमा भएको छ । जसमा ४५ करोड २५ लाख रुपैयाँभन्दा बढीको शेयर कारोबार भएको छ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *