साइबर हमलासँग लड्न पार्टीका सबै सदस्य सक्रिय हुन पर्छ : माधव ढुङ्गेल
काठमाडौं : नेकपा एमाले केन्द्रीय संगठन विभागका सचिव माधव ढुङ्गेलले पार्टीमाथि भइरहेको साइबर आक्रमणको कडा प्रतिवाद गर्नुपर्ने उल्लेख गर्नुभएको छ।
सोमबार नेकपा एमाले सिन्धुलीको जनसंगठन संयन्त्रद्वारा आयोजित कार्यक्रममा बोल्दै ढुङ्गेलले पार्टीमाथि भइरहेको साइबर हमलाविरुद्ध सबै नेता र कार्यकर्ताले सक्रिय भएर प्रतिकार गर्नुपर्नेमा जोड दिनुभयो । उहाँले पार्टीको इमेज र विचारलाई बचाउन साइबर आक्रमणको सामना गर्न महत्वपूर्ण भएको बताउनुभयो।
ढुङ्गेलले आगामी दिनमा पार्टीको मजबूतीका लागि टोल टोलमा पुगेर नयाँ पुस्तासँग जोडिन आवश्यक रहेको र त्यसका लागि मार्क्सवादी दर्शनको महत्त्व बुझाउनु पर्ने धारणा व्यक्त गर्नुभयो। नयाँ पुस्तालाई पार्टीको विचार र सिद्धान्तमा समाहित गर्नुपर्नेमा उहाँले जोड दिनुभयो।
कार्यक्रममा नेकपा एमालेका केन्द्रीय सदस्य कमलजङ्ग राई र जिल्ला अध्यक्ष महेन्द्रदेव श्रेष्ठको उपस्थिति थियो।