स्वर्णलक्ष्मी सहकारी ठगी प्रकरण : रवि पक्षका वकिलको बहस सकियो, थुनामुक्त गराउन माग

काठमाडौं : स्वर्णलक्ष्मी सहकारी ठगी प्रकरणमा मुछिएका रास्वपा सभापति रवि लामिछानेको थुनामुक्तिको माग गर्दै आज (बुधबार) थुनछेक बहस जारी छ। सोमबार रविविरुद्ध सरकार र जाहेरवालाका वकिलहरूले बहस गरेका थिए भने आज रविको पक्षमा वरिष्ठ अधिवक्ताहरू सुशिल पन्त र रमण श्रेष्ठले बहस गरेका छन्।

पन्त र श्रेष्ठ दुवै पूर्वमहान्यायाधिवक्ता हुन् । उनीहरूले लामिछानेलाई छाड्नुपर्ने माग राख्दै अदालतमा बहस गरिरहेका छन्।

यसअघि लामिछानेलाई जिल्ला अदालत कास्कीको आदेशपछि धरौटीमा रिहा गरिएको थियो । उनी गत आइतबार आफैं अदालतमा उपस्थित भएका थिए। रविविरुद्ध परेको अर्को मुद्दामा न्यायाधीश माधवप्रसाद अधिकारीको इजलासमा बहस चलिरहेको छ।

रविविरुद्ध बहस गर्दै सरकारी पक्षका वकिलहरूले प्रमाण नष्ट हुने डर रहेको तर्क प्रस्तुत गर्दै उनलाई थुनामा राख्नुपर्ने माग गरेका छन् ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *