अमेरिकामा ट्रम्पको आश्वासन पछि चल्न थाल्यो टिकटक

न्युयोर्क : ट्रम्पले सपथलगत्तै कार्यकारी आदेश जारी गरी टिकटकलाई अस्थायी राहत दिने बताएको बीबीसीले जनाएको छ ।

आइतबार नै केही घन्टापछि टिकटकले सामाजिक सञ्जालमा सूचना जारी गर्दै सेवा सुरु हुने बताएको थियो । उसले अमेरिकामा टिकटक पुनः सुरु गर्न राष्ट्रपति ट्रम्पसँग मिलेर काम गर्ने बताएको हो ।

यस अघि शनिबार अमेरिकाको न्यायालयले सुरक्षासम्बन्धी चिन्ताका कारण टिकटकलाई प्रतिबन्धित गरेको थियो।

तर, ट्रम्पले आइतबार टिकटकको भविष्यको बारेमा थप अध्ययन गर्न केही समय लाग्ने भएकाले तत्काल कुनै निर्णय लिन हतार नगर्ने बताएका छन्। एप पुनः सञ्चालनमा आएपछि धेरैले ट्रम्पलाई धन्यवाद दिएका छन्।

टिकटकका प्रमुख कार्यकारी सो चिउ सोमबार ट्रम्पको शपथ ग्रहण कार्यक्रममा सहभागी हुने अनुमान गरिएको छ। सुरक्षा सुनिश्चित भएपछि मात्र टिकटकको भविष्यको बारेमा निर्णय गर्न सकिने बताइएको छ। अप्रिल महिनामा अमेरिकी कानूनी प्रक्रिया पूरा भएपछि टिकटकको अमेरिकन संस्करण सबै डिभाइसबाट हटाइएको थियो ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *