दिनेश त्रिपाठीमाथि कुटपिटको घटनामा थप एकजना पक्राउ

काठमाडौं : वरिष्ठ अधिवक्ता दिनेश त्रिपाठीमाथि कुटपिट गरेको आरोपमा थप एकजना व्यक्ति पक्राउ परेका छन्। पक्राउ पर्नेमा झापाको बुद्ध शान्ति गाउँपालिका–४ का ५५ वर्षीया शितल राई (सीतादेवी राई) रहेकी छन् ।

उनी काठमाडौंको शान्तिनगर क्षेत्रमा बस्दै आएकी थिइन् । प्रहरीले उनलाई सोही स्थानबाट पक्राउ गरेको हो। जिल्ला प्रहरी परिसर काठमाडौंका एसपी नवराज अधिकारीका अनुसार शितल राईलाई अनुसन्धानका लागि सिंहदरबार प्रहरी वृत्त पठाइएको छ।

यस घटनामा त्रिपाठीमाथि कुटपिट गरेको आरोपमा पक्राउ पर्ने व्यक्तिको संख्या तीन पुगेको छ। अहिले पक्राउ परेकाहरुविरुद्ध ज्यान मार्ने उद्योगको कसुरमा अनुसन्धान जारी रहेको प्रहरीले बताएको छ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *