प्रधानमन्त्री केपी शर्मा ओली अस्वस्थ
काठमाडौँ : प्रधानमन्त्री केपी शर्मा ओली अस्वस्थ हुनुभएको छ । स्वास्थ्यमा सामान्य समस्या भएपछि प्रधानमन्त्री केपी शर्मा ओलीले बुधवारको पूर्व निर्धारित कार्यक्रमहरू रद्द गर्नुभएको छ ।
चिसोका कारण घाँटीमा समस्या आएर ओलीको स्वर भासिएको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ ।
सोही कारण बुधवार हल चोकमा आयोजना भएको २४ औं सशस्त्र प्रहरी दिवसमा समेत प्रधानमन्त्री ओली सहभागी हुन नसकेको बताइएको छ । बुधवारका भेटघाटका कार्यक्रम समेत रद्द गरेर प्रधानमन्त्री ओली बालुवाटारमै आराम गरिरहेको बुझिएको छ ।
एमाले अध्यक्ष समेत रहनुभएका ओली मंगलबार बेलुका पार्टीको सचिवालय बैठकमा सहभागी हुनुभएको थियो । राति अबेरसम्म काम गर्ने बानी भएका ओली चिसोलगायत कारण अस्वस्थ भएको बताइएको छ ।