कप्तान पूजाको उत्कृष्ट प्रदर्शनमा मलेसियामाथि नेपालद्धारा ७ विकेटको शानदार जित

काठमाडौं : आइसीसी यू–१९ महिला विश्वकप २०२५ अन्तर्गत प्लेअफ खेलमा कप्तान पूजा महतोको अलराउण्ड प्रदर्शनमा नेपालले मलेसियामाथि ७ विकेटको शानदार जित निकालेको छ।

नेपालले मलेसिया द्वारा दिइएको ४७ रनको लक्ष्य ११ ओभरमा ३ विकेटको क्षतिमा पूरा गर्यो। ओनपरद्वय सना प्रवीन १ रन र सावित्री धामी ३ रनमा आउट भए। कप्तान पूजाले नटआउट २३ रन बनाउँदै आफ्नो टोलीलाई जित दिलाउन महत्वपूर्ण भूमिका निभाइन्। उनले ३२ बलमा ४ चौका प्रहार गरिन्। ज्योत्स्निका मरासिनी ७ रनमा आउट भएपछि सीमाना केसीले नटआउट ४ रन बनाइन्।

मलेसियाको जोहरमा टस जितेपछि नेपालले फिल्डिङ रोजेको थियो। पहिलो ब्याटिङ गरेको मलेसियाले १६.५ ओभरमा ४५ रनमै अलआउट भयो। मलेसियाका लागि नुरीमनले १५ रन बनाउँदा अरु ब्याटरले दोहोरो अंकमा रन बनाउन सकेनन्।

नेपालको बलिङमा कप्तान पूजा महतोले ३.५ ओभरमा ९ रन मात्र खर्चेर ४ विकेट लिइन्। रचना चौधरीले ३ ओभरमा ५ रन मात्र खर्चेर ३ विकेट लिइन्। रिया शर्मा र सीमाना केसीले १–१ विकेट प्राप्त गरे।

नेपाल समूह ‘डी’ मा तीनै खेलमा हार ब्यहोरेपछि सुपर–६ मा पुग्न असफल भएको थियो । समूहमा बंगलादेश, स्कटल्यान्ड र अस्ट्रेलियासँग हार व्यहोरेपछि १३ देखि १६औं स्थानको प्लेअफका लागि नेपालले प्रतिस्पर्धा गरेको हो।


Leave a Reply

Your email address will not be published. Required fields are marked *