आज घट्यो सुनको मुल्य, कतिमा हुँदैछ कारोबार ?
काठमाडौं : नेपाली बजारमा केहि दिनयता लगातार सुनचाँदीको भाउ ओरालो लागिरहेको छ । आज (मंगलबार) पनि सुनचाँदीको मूल्य घटेको छ ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मूल्य तोलामा ९ सय रुपैयाँले घटेर एक लाख ५९ हजार २ सयमा कारोबार भइरहेको छ ।
यसअघि सोमबार सुन तोलामा एक लाख ६० हजार १ सयमा कारोबार भएको थियो । त्यस्तै आज चाँदीको मूल्य पनि घटेको छ । आज चाँदीको मूल्य तोलामा १५ रुपैयाँले घटेर तोलाको १८ सय ३५ रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।