केपी ओलि कप विजेतालाई १५ लाख पुरस्कार, खेल फागुन ११ बाट सुरु हुने

काठमाडौं : केपी ओली कप फुटबल प्रतियोगिताको तेस्रो संस्करण फाल्गुन ११ गतेदेखि काठमाडौंमा हुने भएको छ। नेकपा एमालेको युवा संगठन राष्ट्रिय युवा संघ नेपालले बुधबार काठमाडौंमा पत्रकार सम्मेलन गर्दै तेस्रो संस्करणको केपी ओली कप फागुन ११ गतेदेखि १९ गतेसम्म काठमाडौंमा आयोजना हुने जानकारी दिएको छ।

प्रतियोगितामा ए डिभिजन, विदेशीसहित १० टोलीको सहभागिता रहने युवा संघले जनाएको छ। प्रतियोगिताको विजेताले १५ लाख ११ हजार १ सय ११, दोस्रो टोलीले ५ लाख रुपैयाँ प्राप्त गर्ने युवा संघका अध्यक्ष क्षितिज थेवेले जानकारी दिए।

प्रतियोगिताको क्वाटरफाइनलसम्मका खेल सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा तथा सेमिफाइनल र फाइनल त्रिपुरेश्वरस्थित दशरथ रंगशाला हुने उनले बताए। फुटबल जगतलाई ऊर्जा दिनका लागि निरन्तर रुपमा केपी ओली कप फुटबल आयोजना गरिरहेको अध्यक्ष थेवेले जानकारी दिएका छन्।

प्रतियोगिताका सर्वोत्कृष्ट खेलाडीलाई १लाख, उत्कृष्ट गोलरक्षक, उत्कृष्ट गोलकर्ता, उत्कृष्ट उदीयमान खेलाडीलाई ५०र५० हजार रुपैयाँ दिइने युवा संघले जनाएको छ ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *