सिन्धुली मा भाईकाे कुटपिट बाट दाइ गम्भीर घाइते फरार भाइ प्रहरी द्वारा पक्राउ
साउन १२गते :सिन्धुलीमा दाइलाई कुटेर फरार भएका भाइलाई प्रहरीले पक्राउ गरेको छ । मरिण गाउँपालिका वडा नं. ४ लामिदमारका श्यामध्वज काल्तान पक्राउ परेका हुन् ।
गत साउन ३ गते दाई रामध्वज काल्तान र भाई श्यामध्वज काल्तान बिच तामा राखेको बोराको बिषयमा झैझगडा भएको थियो । झै–झगडा हुदाँ भाई रामध्वज काल्तानले दाइ श्यामध्वज काल्तानलाई ढोकामा लगाएको आग्लोले टाउँको र काधमा प्रहार गरी गम्भिर घाईते बनाई फरार भएका थिए ।
ईलाका प्रहरी कार्यालय कपिलाकोट सिन्धुलीबाट खटिएको प्रहरी टोलीले गत साउन ६ गते मरिण गाँउपालिका वडा नं. ४ चुरे भन्ने स्थानबाट रामध्वज काल्तानलाई पक्राउ गरेको प्रहरीले जनाएको छ । भाई काल्तानलाई जिल्ला प्रहरी कार्यालय सिन्धुलीमा ल्याई जिल्ला अदालतबाट कुटपिट अंगभंग मुद्दामा पाँच दिनको म्याद थप गरी अनुसन्धान भईरहेको जिल्ला प्रहरी कार्यालय सिन्धुलीका प्रहरी निरीक्षक किशोर ढुंगानाले जानकारी दिनुभयो ।# सिन्धुली साैगात बाट #