बक्यौता नतिरे उद्योगको बिजुली अझै काट्छौं- कुलमान घिसिङ
पुष १२, बिहिवार नेपाल विद्युत प्राधिकरणले डेडिकेटेड फिडर एवम् ट्रंक लाइनबाट विद्युत उपभोग गरेर बक्यौता रहेका उद्योगहरूको लाइन काटिएको विषयमा प्रष्टीकरण दिएको छ । कार्यकारी निर्देशक कुलमानले पत्रकार सम्मेलनमार्फत बिजुली काटिएपछि भइरहेका आलोचना प्रष्ट पार्न पत्रकार सम्मेलन आयोजना गरिएको बताए ।
‘यसमध्ये करिब १२ अर्ब ५० करोड रुपैयाँ बराबरको बक्यौता हालै लाइन विच्छेद गरिएका ९ वटा ठुला उद्योगहरूको रहेको छ’, प्राधिकरणले बक्यौता रहेका अन्य उद्योगहरूको लाइन क्रमशः विच्छेद गर्दै जाने रणनीति रहेको पनि प्रस्ट पारेको छ ।
विगतमा डेडिकेटेड फिडर एवम् ट्रङ्क लाइनबाट विद्युत् उपभोग गरेका तर त्यसबापतको महसुल नतिरेका ग्राहकहरूको विद्युत् आपूर्ति विच्छेद गरिएपछि सार्वजनिक रूपमा भइरहेका टिका टिप्पणीप्रति प्रस्ट पार्न विद्युत् प्राधिकरणले बिहीबार पत्रकार सम्मेलन गरेको हो ।