ग्यास लगायत पेट्रोल डिजेल मट्टीतेल काे मुल्य बृद्धि
माघ १७गते :नेपाल आयल पेट्रोलियम पदार्थको मूल्य वृद्धि गरेको छ । निगम सञ्चालक समितिको बैठकले बुधबार पेट्रोल, डिजेल र ग्यासको मूल्य वृद्धि गरेको हो ।
भारतबाट वृद्धि भएर मूल्यसूची आएपछि निगमले मूल्य बढाएको हो । पेट्रोलमा प्रतिलिटर ४ तथा डिजेल र मट्टितेलमा प्रतिलिटर २ रुपैयाँ मूल्य बढेको छ । यसैगरी ग्यासमा प्रतिसिलिन्डर १५ रुपैयाँ मूल्य वृद्धि भएको छ ।
योसँगै काठमाडौं उपत्यकामा पेट्रोलको मूल्य १७०, डिजेटल र मट्टितेलको मूल्य १५८ र ग्यासको मूल्य १९१० रुपैयाँ पुगेको छ । नयाँ मूल्यसूची बुधबार राति १२ बजेदेखि लागू हुनेछ ।